नेपाल एसपिपीमा संलग्न हुँदैन, प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित छैन : गृहमन्त्री खाण

सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोच समेत नराखेको स्पष्ट पारेको छ । सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भन्नुभयो, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै …