वीरगंज : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा अदालतको फैसलालाई आत्मसात गरेर जाने बताएका छन्। वीरगंज-२८ बगहीमा आयोजित पार्टीको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले अहिलेको संकटको अवस्थालाई निकास दिन सर्वोच्च…