ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज र च्यालसबीच गोलरहित बराबरी

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी)  र च्यासल युथ क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग तालिकाको पुछारमा रहेका यी क्लबहरु बीचकाे खेलमा बराबरी नतिजा आएपछि दुबै टोली संकटमा परेका छन् । दशरथ रंगशालामा भएकाे खेलमा दुवै टाेलीले गाेलका लागि अवसर सिर्जना गर्न सकेनन्  । […]

सम्बन्धित सामग्री

शहीद स्मारक ए डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेशनमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्‍यो।ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा स

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ […]

ए डिभिजन लिगमा मछिन्द्रको जित, ब्रिगेड ब्वाइज पराजित

काठमाडौं, माघ २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्र विजयी भएको हो । मछिन्द्रका लागि विमल घर्ति मगरले दुई गोल तथा रेजिन सुब्बा र अविशेक रिजालले एक–एक गोल गरेका थिए । यो जितसँगै […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

‘ए’ डिभिजन लिगः आज संकटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आइतबार हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । संकटा ५ खेलमा ९ अंकका साथ चौंथो स्थानमा रहेको छ भने बिग्रड ५ अंकका साथ […]

'ए' डिभिजन लिग : हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।  आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

ए डिभिजन लिग: जावलाखेललाई लिगमा पहिलो अंक

जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको चौथो चरणमा एक अंक जोड्न सफल भएको छ । लगातार तीन खेलमा हार सामना गरेको जावलाखेलले सोमबार ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित...

ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

ए डिभिजन लिग : एपीएफमाथि ब्रिगेड बोइजको रोमाञ्चक जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जित निकालेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजले एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको १२ औं मिनेटमा ब्रिगेड ब्वाइजका दिनेश राईले अग्रता दिलाएका थिए। तर बीबीसीको अग्रता लामो समय टिक्न सकेन। खेलको…