संक्रमित घटे, १७ हजार वटा नमुना परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टिपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यक

सम्बन्धित सामग्री

थप ५,५८३ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ जनाको नमुना परीक्षण गार्दा सो संक्रमित फेला परेका हुन्।...

२४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ।  सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना

बितेका २४ घण्टामा कोरोनाबाट ४ को मृत्यु, थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि

बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ […]

भारतमा एक दिनमा २८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो । यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् […]

बागमती प्रदेशमा १७ हजार सक्रिय संक्रमित, बुधबार १८ सय बढी थपिए

हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय  ६, भक्तपुरमा एकसय  ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि  भएको छ।नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जना

विदेशमा रहेका १ लाख २७ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वका ५४ देशमा १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना पुष्टि भएको बताएको छ।संक्रमितमध्ये १ लाख १७ हजार ५२९ जना नेपाली कोरोनामुक्त भइसकेका छन्। एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।पछिल्लो दुई साता मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना संक्रमण बढेका छ।

कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु

कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ

पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १७ हजार ९७१  जनाको पीसीआर र ५७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७   जना संक्रमित पुष्टि भएका हुन्।

नेपामा थप १०४ जनामा कोरोना पुष्टि

काठमाडौं । थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ । थप तीन हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०४ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थपिएका कोरोना संक्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौँमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं सुर्खेतमा एक÷एक जना सङ्क्रमित थपिएका छन् । शून्य मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५४ पुगेको छ । यसअघि माघ १६ गते तथा गत साउन ४ र ५ गते तथा साउन ८ गते कोरोनाबाट कोहीको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।