कोरोनाका कारण ओमनमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान स्थगन

कोरोनाका कारण ओमनमा एक साताका लागि सम्पूर्ण हवाई स्थलमार्गबाट हुने आवागमन बन्द गरिएको छ । ओमनस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दैै उक्त कुरा जानकारी गराएको हो । आज देखि लागु हुने गरि २९ डिसेम्बर सम्मको लागि आवागमन बन्द गरिएको हो । कोरोना भाइरस फैलावटको अवस्था हेरेर आगामी निर्णय लिइने दूतावासले बताएको छ । तत्काल ओमान नेपाल यात्राका क्रममा रहेका नेपालीलाई सोही बमोजिम व्यबस्थापन गर्न दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाण्डाै–नयाँ दिल्ली गन्तव्यमा हप्तामा १० उडान हुने भएका छन् ।  नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा हप्ताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि ...

ओमानले सबै अन्तर्राष्ट्रिय उडान एक हप्ताका लागि रोक्यो

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आज मंगलबारदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले...

कोरोनाका कारण साउदी अरबमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान स्थगन

साउदी अरबको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । सो कुरा साउदी अरबस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जानकारी गराएको हो । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत सूचनामा उल्लेख छ । यसैगरी, साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड –१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना हुने जनाएको छ । तसर्थ, सरकारले जारी गरेको हवाई उडानलगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ ।

साउदीले एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रोक्यो

काठमाण्डौ – साउदी अरेबियाले सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको र यो समयावधि बढ्न पनि सक्ने अरब न्युजले जनाएको छ । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन । स्वास्थ्...