निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाण्डाै–नयाँ दिल्ली गन्तव्यमा हप्तामा १० उडान हुने भएका छन् ।  नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा हप्ताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि ...

सम्बन्धित सामग्री

भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने

अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको छ । भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो ।  उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट...

भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी

काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल मलेसियाबाट भैरहवामा अवतरण हुँदै […]

दिल्ली उडान गर्न नसकेकोमा नेवानिले यात्रुसँग माग्यो माफी

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले भारतको दिल्ली उडान रद्दबारे यात्रुसँग क्षमा मागेको छ । आइतबार काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए–२१७/२१८ र आइतबारको उडान आरए २०५/२०६ रद्द भएकोमा नेवानिले यात्रुसँग माफी मागेको हो । निगमले यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिकामा दिल्ली उडान कटौती गरेपछि […]

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई  दिल्ली लगिदै

आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पु¥याउने तयारी रहेको छ । केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

काठमाण्डाै - नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् । रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेक...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । नियामक […]

विमानस्थलले किन रोकिदियो नेपाल एयरलाइन्सको दिल्ली उडान ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारवाही, दिल्ली उडान कटौती

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँ दिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारवाहीस्वरूप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको […]

नागरिक उड्ड्यन प्राधिकरणले किन गर्‍यो एनएसीको दिल्ली उडान रद्द?

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्ली तर्फको एउटा उडान रद्द गरेको छ। प्राधिकरणले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आइतवार बिहान दिल्ली तर्फको उडान रद्द गरेको हो। योसँगै काठमाडौं - दिल्लीको १:४५ बजेको फ्लाइट रद्द भएको छ। उडान रोकिएसँगै २ सय ४७…

नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो ।सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्