काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे । यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी