सुनिलले शानदार गोल गरे, सेलिब्रेशन गरेनन्

 नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्ला

सम्बन्धित सामग्री

सीजीका विश्वव्यापी होटलमा फहराउनेछ चन्द्र र सूर्य अंकित नेपाली झन्डा

कुनै नेपाली देशको सीमा नाघेर परदेश जान्छ, ऊ व्यक्ति मात्रैमा सीमित रहँदैन, ऊसँग देशको पहिचान पनि जोडिएको हुन्छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शानदार पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’ मा फहराइरहेको चन्द्र र सूर्यअंकित नेपाली राष्ट्रिय झन्डा यसको उदाहरण हो । नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा पाँचतारे होटल स्थापना मात्रै गरेनन्, त्यहाँ नेपालको राष्ट्रिय झन्डा पनि फहराए ।