सीजीका विश्वव्यापी होटलमा फहराउनेछ चन्द्र र सूर्य अंकित नेपाली झन्डा

कुनै नेपाली देशको सीमा नाघेर परदेश जान्छ, ऊ व्यक्ति मात्रैमा सीमित रहँदैन, ऊसँग देशको पहिचान पनि जोडिएको हुन्छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शानदार पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’ मा फहराइरहेको चन्द्र र सूर्यअंकित नेपाली राष्ट्रिय झन्डा यसको उदाहरण हो । नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा पाँचतारे होटल स्थापना मात्रै गरेनन्, त्यहाँ नेपालको राष्ट्रिय झन्डा पनि फहराए ।