काठमाण्डाै – शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनब...