नेपाली हवाई उड्डयन क्षेत्रले आईकाओको गुणस्तरको एक तह माथि उक्लिँदै ७१.१ प्रतिशत परिपालन भार पाएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा सम्बन्धी काम गर्ने संस्था आईकाओले हालै जारी गरेको अडिट रिपोर्ट अनुसार नेपालले समग्रमा ७१.१ प्रतिशत औसत परिपालन भार पाएको हो । यसअघि सन् २०१७ मा भएको अडिटमा नेपालले ६७.७६ प्रतिशत मात्र परिपालन भार पाएको थियो । पाँच वर्षमा नेपालले हवाई उड्डयनको क्षेत्रमा निकै प्रगति गरेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अब नेपाली आकाश असुरक्षित नरहेको दाबी गरेको छ ।