नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ