गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अनिश्चित

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सीधै लुम्बिनी आउँथे । पर्यटकको सीधा आगमन नेपालमा रोक्न भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउनुहुन्छ । भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरूले प्रत्यक्ष रूपमा बढी फाइदा लिन सक्थे । चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुङ्गो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।

सम्बन्धित सामग्री

हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान गर्ने

हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आक्रामक भएपछि हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरमा ‘चार्टर’ उडान गर्न...

यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण सम्पन्न भएको भन्सार गोदाम घर (कार्गो भवन) सम्म पुग्ने पहुँच मार्ग (सडक) तत्काल बनाउन नेपाल फ्रेड फरवार्ड एसोसियसनले माग गरेको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडान सुचारु भएसँंगै यस विमानस्थल हँुदै निकासीको सम्भाव्यता अध्ययन तथा सरोकारवालासँग छलफलका लागि आएको नेपाल फ्रेड फरवार्ड एसोसिएसनका प्रतिनिधिले भन्सार तथा कार्गो भवनसम्म पहुँच मार्ग […]

भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले छुटैछुट पाउने भएका छन् । अब भैरहवामा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट पाउने...

सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...

भैरहवाबाट उडान गर्न विदेशी वायुसेवाहरुको आकर्षण

नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान गर्न विदेशी वायुसेवाहरुको आकर्षण बढिरहेको छ । यसै क्रममा आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ । गत जेठ २ गतेदेखि …

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै, ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, पर्यटनमा कोसेढुंगा बन्ने अपेक्षा  जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै, अरू एक दर्जन अन्तर्राष्ट्रिय...

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरू गर्ने भएको छ । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो । आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक ग

गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ । ‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम...