काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अनाधिकृत अन्डरग्राउण्ड पार्किङ संरचना हटाउने अभियान जारी रहने बताएका छन्।अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको र यो समयमा घरधनीले नहटाएपछि आफै फिल्डमा उत्रिएको उनले बताएका छन्। सोमबार नयाँ बानेश्वर क्षेत्रमा रहेको पार्किङ संरचना हटाउन उनी पुगेका थिए। ‘पार्किङ भनेर नक्सा पास भएका तर अन्य रुपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको छ, हामीले आज बानेश्वर क्षे