राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विपरीत सर्वोच्च अदालतले उम्मेदवारी कायमै रहने आदेश दिएपछि ललितपुर ३ को चुनावी चर्चा झनै चुलिएको छ । यसले कार्की र ललितपुर ३ झनै चर्चामा रहे ।आयोगको निर्णय र अदालतको आदेशले कार्कीलाई ललितपुर ३ मा बलियो प्रतिस्पर्धीको रुपमा उभ्याइदिएको छ । २०६४ तथा २०७४ सालको चुनाव जितेर यस पटक ह्याट्रिक गर्ने सुरमा रहेकी माओवादीकी पम्फा भुसाल र संसदतर्फको आफ्नो पहिलो यात्रा बढाइरहेका एमालेका अमृत खड्कालाई कार्कीको उम्मेदवारी बलियो चुनौतीको ...