नेपाल नागरिक उड्डयन प्राधिकरण विधिवत् रूपमा पुस १६ गते २१ औं वर्षमा प्रवेश ग-यो । वि.सं. २०५५ मा हवाई विभागबाट सहज निर्णय प्रक्रिया र छरितो संगठनको कल्पना गरेर प्राधिकरणको स्थापना भएको हो । यतिबेला युरोपियन युनियनको कालोसूची र नेपाल एयरलाइन्सको नयाँ गन्तव्य मुलुक खोज्ने प्रयासमै नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको चर्चा चुलिँदो छ । २०७६।१०।१६ गते मन्त्रिपरिषद्ले सोसम्बन्धी विधेयक संसद्मा प्रस्तव गर्न स्वीकृति दियो ।