सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।