काठमाण्डौ – विदेश जानेहरुको लागि विभिन्न चार अस्पतालहरुबाट खोप कार्ड प्रमाणीकरण गरिने भएको छ । योभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र प्रमाणीकरण हुँदै आएकोमा अब थप तीन अस्पतालबाट पनि प्रमाणीकरण हुने भएको हो ।
खोप लगाएको कार्ड प्रमाणीकरण गर्न आउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणीकरणको लागि चार अस्पताल तोकेको छ । अब टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित बानेश्वरको निजामति सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुमा रहे...