थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप, महानगरको डोजर फर्कियो

डोजर लगाएर बस्ती हटाउन खोजपछि सुकुम्बासीले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । स्थिति तनावग्रस्त बनेको छ ।

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

काठमाडौंको थापाथली प्रसूति गृह सडक खण्डमा सोमबार दिउँसो प्रहरीको बाक्लो उपस्थिती भइरहँदा वाग्मती किनारको सुकुम्बासी बस्ती आक्रोशित देखिन्थ्यो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु महानगरले दमन गरे प्रतिकार गर्ने भन्दै प्रदर्शनको तयारीमा देखिन्थे ।

थापाथलीका सुकुम्बासीले दिए तेस्रो ठुलो आन्दोलनको चेतावनी

काठमाडौं, १२ मंसिर । थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रेका छन् । संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् । महानगरको डोजर आएलगत्तै सामानसहित कोही तयारी अवस्थामा बसे भने कोही हतियारसहित विरोधमा […]

थापाथलीमा पनि चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले राजधानीको थापाथली क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार थापाथलीदेखि युएन पार्क नजिकको पुलसम्मका अनाधिकृत संरचना भत्काएको हो ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) सम्मका अवैध संरचना भत्काइएको महानगरपालिका निकट स्रोतले  जानकारी दिएको छ ।

थापाथलीका अनधिकृत संरचनमा चल्यो काठमाडौँ महानगरको डोजर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरीले जनाएको छ। प्रहरीको अनुसार यो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन […]