गाईको दुधको तुलनामा भैंसीको दुधलाई सधैं कम स्वस्थवद्र्धक मानिन्छ । धेरैजसो मानिसहरुलाई गाईको दुध मात्रै फाइदाजनक हुन्छ भन्ने लाग्छ । जबकी यस्तो कुनै पनि हालतमा होइन । भैंसीका दुधका केही आफ्नै विशेष फाइदा छन् । हो, रोचक कुरा के हो भने, यसमा केही यस्ता भिटामिन र मिनरल्स पाइन्छन् जसले तपाईंको प्रतिरोधी क्षमतालाई बलियो गर्नेदेखि हड्डी, दाँत र छालाका थुप्रै रोगबाट जोगाउँछ । जस्तै कि प्रोटिन, क्याल्सियम, जिंक, भिटामिन ए र भिटामिन सी । यसबाहेक यसमा केही यस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् जसले शरीरमा अक्सिड