सर्लाहीस्थित लखन्देही खोलाले भत्काएको बाँधको मर्मत जलस्रोत तथा सिँचाइ विभागको आर्थिक सहयोगमा जनताको तटबन्ध कार्यालयले गर्ने भएको छ । बाँध मर्मतका लागि बजेट अभाव भएका बेला विभागले आर्थिक सहयोग गर्ने भन्दै मर्मतको निर्देशन दिएको हो ।
निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको […]
बैतडी : भारतले उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध भोलि (बिहीबार) खोल्ने भएको छ। भारतीय जलविद्युत कम्पनी एनएचपिसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले दार्चुला जिल्ला प्रशासन कार्यालयलाई यसको जानकारी दिएका छन्।धौलीगंगा बाँध बिहीबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्ने जानकारी पाएको दार्चुला प्रशासनले जनाएको छ। एनएचपिसी र धौलीगंगा पावर स्टेशन धारचुला पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार १२ घण्टा बाँधको सरसफाइ तथा मर्मत
बाढीले भत्किएको वाग्मती र लालबकैयाको बाँध मर्मत अन्तिम चरणमा पुगेको छ । वाग्मतीको पश्चिमी र पूर्वी १२, लालबकैयाको पूर्वी र पश्चिमी १६ गरी २८ स्थानमा धमाधम बाँध मर्मत भइरहेको हो ।
पोखराको मुख्य पर्यटकीयस्थल फेवातालले करिब ४ महिनापछि आफ्नो आकार लिएको छ । पोखराको फेवाबाँधको मर्मत पश्चात हाल तालको पानीको सतह पहिलाकै अवस्थामा फर्किएको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए ।फेवाबाँध मर्मतका लागि गत माघबाट फेवातालको पानीको सतह करिब एक मिटर घटाएपछि पुनः बाँध मर्मत पश्चात बाँध बन्द गरे पनि […]
रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । […]
बाढीले भत्काएको वाग्मती र लालबकैयाको बाँध मर्मत सुरु गरिएको छ । यसअघि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा समयमा मर्मत हुन सकेको थिएन् । यस पटक बजेट आउने आश्वासन पाएपछि मर्मत थालिएको हो ।
पोखरा : ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ। २०१८ सालमा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो।सुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्र संघको सहयोगमा पुनःनिर्माण गरिएको थियो। त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको कार्यलय प्रमुख किरण आचार्यले बताए।‘२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत
सप्तरी : राजविराज नगरपालिका–१० बिरौलास्थित खाडो खोलामा सुरक्षाकर्मी परिचालन गरी क्षतिग्रस्त बाँध मर्मत गरिएको छ।
बाँध असारको अन्तिम साता गएको बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मी परिचालन गरी मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। थप क्षति हुन नदिन र क्षति भएकोमा मर्मत गर्न नेपाली सेना, नेपाल प्रहरी,...