५ असार, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले घरेलु कामदार बालिका बलात्कारको आरोप लागेका सुशील चटौतको मुद्दामा प्रश्न उठेपछि अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । मुद्दाको तथ्यगत अवस्था तथा सरकारी वकिल र महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलको संलग्नताबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो । उच्च सरकारी […]