नेकपाका नेता तथा महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ को मृत्युको एक वर्षपछि सो पार्टीले छानबिन समिति बनाएको छ । सो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकको निर्णयअनुसार चन्दको मृत्युको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ । ‘कमरेड वीरजंगको मृत्युबारे पार्टीमा विभिन्न सुझाव र मागहरु आएकाले सत्य तथ्य पत्ता लगाइ के भन्ने सन्दर्भमा पार्टीमा निर्णय दिन स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण