सुनसरीको कोशी गाउँपालिका–१ स्थित खुनियाधारमा जुट छुट्याउँदै गरेका मजदूरहरु । सरकारले स्वेदेशी जुट उद्योगलाई चाहिने कच्चा पदार्थमा आत्मनिर्भर बनाउन जुट खेतीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन नसक्दा यसक्षेत्रमा जुट खेती खुम्चँदै गएको छ । एक तथ्यांक अनुसार सुनसरी, मोरङ औद्योगिक कोरिडोरमा ११ ओटा जुट उद्योगहरूले वार्षिक ८० हजार मेट्रिक टन जुटका तयारी सामग्रीहरू उत्पादन गर्दै आएका छन् । तस्वीर : रासस