एमालेको प्रदेश कमिटीले पूर्णता पायो

नेकपा (एमाले) ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।          एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।          सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पु¥याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उहाँले अन्तरपार्टी निर्देशनबमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पु¥याउन स्वयंसेवक परिचालन गरिने बताउनुभयो ।

सम्बन्धित सामग्री

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।...

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताउनुभयो । मुख्यमन्त्री शाहका अनुसार सरकार गठनका …

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे । उनले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताए। मुख्यमन्त्री शाहका अनुसार सरकार […]

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार चारमन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । यसअघि नियुक्त भएका दुई जना विनाविभागीय मन्त्रीहरूलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट मुगुका जीतबहादुर मल्ल, जुम्लाका टेकराज पछाई मन्त्रीमा […]

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।...

बागमती प्रदेश सरकारले अझै पाएन पूर्णता

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बढी भैसक्दा पनि प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन।...

समाजवादीले ३१ केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दियो

काठमाडौँ – एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयका बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई फागुन २५–२६ मा बसेको केन्द्रीय कमिटीको तेस्रोपूर्ण बैठकले अनुमोद गरेको गरेको थियो। अनुमोदन गरेपछि महासचिव डा. बेदुराम भुसालले ३१ वटा पार्टीका विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको सार्वजनिक गरेका हुन्। […]

माओवादी कर्णाली प्रदेशले पायो पूर्णता

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो ।  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको...

एमाले लुम्बिनी प्रदेश कमिटीले पायो पूर्णता, को-को आए नेतृत्वमा ?

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ।