भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा आज दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरू नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्रा