एजेन्सी। महामारी झेलिरहेको ताइवानलाई जापानले एस्ट्राजेनेकाको १२ लाख ४० हजार डोज भ्याक्सिन अनुदान स्वरुप दिएको छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले शुक्रबार ताइवानलाई अनुदानमा भ्याक्सिन दिन पाउँदा खुसी लागेको बताए। विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्पर्क हुन नदिनुका साथै कोभ्याक्स सहयोगसमेत रोकिदिएको आरोप ताइवानले चीनमाथि लगाएको छ। जापानले भने ताइवानसँग आफूले मित्र धर्म निर्वाह गरेको बताएको छ।