कैलालीमा एक सय ४१ सवारीसाधन कारबाहीमा

धनगढी : कैलालीमा प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई लक्षित गरेर निगरानी बढाएको छ। होलीका बेला सवारी साधनको दुरुपयोग गरेर हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको हो।चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, आइतबार मात्र करिब तीन हजार सवारी साधनमाथि चेकजाँच गरिएको छ।ती मध्ये ट्राफिक नियम उलंघन गर्ने  

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश: एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् ।

बर्दियामा १२ हजारभन्दा बढि सवारीसाधन कारबाहीमा, ७१ लाख राजश्व असुली

बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ सवारीसाधन कारवाहीमा परेका छन्।  कारवाहीमा परेका सवारीसाधनबाट ७१ लाख ४१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन...

पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ […]

तीन सय सवारीसाधन कारबाहीमा

बर्दिबास, असोज १६। बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् । अभियानअन्तर्गत चाडबाडका बेला सवारी नियम उल्लङ्घन गर्ने त्यस्ता तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले अभियानअन्तर्गत तीन दिनको अवधिमा ३१७ सवारीसाधन कारबाहीमा परेको जनाएको छ । बर्दिबासस्थित जिल्ला […]

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दशैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।...

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

काठमाडौँ,१३ असोज । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् । दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत […]

दैलेखमा प्रहरीको कडाइ : नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा

दैलेख : दशैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्। दशैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक…

एकैदिन ४३ सवारीसाधन कारबाहीमा

दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्। दसैँका बेलामा सवारी...

६ महीनामा १११० सवारीसाधन कारबाहीमा

रुकुम । रुकुम पश्चिममा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनको कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले साउनदेखि पुस मसान्तसम्ममा सवारीसाधनको कारबाहीबाट रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो महीनामा २७९ सवारीसाधनको कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिए । त्यस्तै मङ्सिरमा २३१ सवारीसाधनलाई कारबाही गर्दा २ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयको तथ्यांक अनुसार पुसमा २ लाख १८ हजार ५ सय राजस्व संकलन भएको छ । सो महीना २२० सवारीसाधन कारबाहीमा परेका थिए । यस्तै असोजमा १४३, भदौमा १२० र साउनमा ११७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट असोजमा १ लाख ४४ हजार, भदौमा १ लाख २० हजार र साउनमा १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ । साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्र्याक्टर, १३९ ओटा जीप/कार र १३ ओटा अटो रिक्साले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । जिल्लामा ६ महीना अवधिमा १३ ओटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

आइतबार १२५१ सवारीसाधन कारबाहीमा, ५५ वटा दिउँसै मापसेका

काठमाडौं : होली पर्वमा गरिएको कडाई चेकिङमा १२ सय ५१ सवारीसाधन कारबाहीमा परेका छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याककृष्ण अधिकारीले बिहानदेखि पाँच बजेसम्म चारपांग्रे ७२ वटा र बाँकी सबै दुईपांग्रे सवारीसाधन कारबाहीमा परेकाे बताएका छन्। उनले अहिलेसम्म कुनै पनि सवारीसाधन दुर्घटना भने नभएको जानकारी दिए। ‘अहिले पनि कडाइसाथ चेकिङ गरिरहेका छौँ,’ उनले भने, ‘होली पर्वमा लापारबाही गरी सवारीसाधन नचाइयोस् भन्ने हाम्रो चाहना हो। बाँकी अपडेट वेबसाइटमा राख्छाैँ।&r