ट्रम्पलाई ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने एलन मस्कको घोषणा

काठमाडौं : ट्वीटर किन्ने योजना सफल भए अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरमा लगाइएको प्रतिबन्ध हटाइने एलन मस्कले घोषणा गरेका छन्। ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय नैतिक रुपमा अत्यन्तै खराब रहेको र मुर्खतापूर्ण रहेको उनको भनाइ छ।सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा दंगा मच्याएपछि ट्वीटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो। ट्रम्पले हिंसा भड्काएको र थप हिंसा भड्काउने जोखिम रहेको भन्दै ट्वीटरले प्रतिबन्ध लगाएको थियो।मस्कले भनेका छन् – &lsq

सम्बन्धित सामग्री

डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्ण : एलन मस्क

जेठ १, वाशिंगटन । अमेरिकी विद्यूतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्ण रहेको बताएका छन् ।  आफूले कम्पनी सम्हालेपछि प्रतिबन्ध सच्याउने भन्दै उनले केहि दिन अघि एउटा सार्वजनिक कार्यक्रममा  ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध फुकुवा गर्ने बताएका थिए । ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत भएको र यो मूर्खतापूर्ण निर्णय भएको पनि उनले बताएका छन् ।  उनले ट्वीटरको कानूनी टोलीले स्वचालित प्रयोगकर्ताहरूमा सोशल मिडिया प्लेटफर्मको जाँचको लागि नमूना आकार १०० रहेको खुलासा गरेर गैर-प्रकटीकरण सम्झौताको उल्लंघन गरेको आरोप लगाएको बताएका छन्।      शनिवार एक सोशल मिडिया प्लेटफर्ममा मस्कले भनेका छन्, ‘ट्विटर कानूनीपक्षबाट भर्खरै गुनासो गर्न बोलाइएको थियो जसमा मैले बोट चेक नमूना आकार १०० छ भनेर खुलासा गरेर उनीहरूको एनडिए उल्लंघन गरेको बताएँ।’  ट्विटरले हालै टेस्लाका सीईओ मस्कले ४४ बिलियन अमेरिकी डलरको सम्झौतामा अधिग्रहण गर्न सहमत दिएको छ । यद्यपि यो अझै पनि शेयरधारकहरूको स्वीकृतिको अधीनमा छ। तर मस्कले माइक्रो ब्लगिङ साइटको ४४ अर्ब अमेरिकी डलरको टेकओभर बोली रोकिएको घोषणा गरेका छन् ।      मस्कले ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती भएको र यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने त्यस निर्णयलाई उल्टाउने बताइरहेका छन्।   अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । एजेन्सी

मस्क भन्छन्–ट्रम्पलाई सामाजिक सञ्जालबाट हटाउनु ठूलो मूर्खता हो

वासिङटन । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्क यतिबेला ट्विटर किन्ने होडमा छन् । यसैबीच उनले आफूले सफलतापूर्वक ट्विटर हासिल गरेमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्लेटफर्मले लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  यति मात्र नभएर मस्कले ट्रम्पलाई सामाजिक सञ्जालबाट हटाउनु वास्तवमै एकदम मूर्खतापूर्ण निर्णय भएको समेत टिप्पणी गरेका हुन् । उनले...