जेठ १, वाशिंगटन । अमेरिकी विद्यूतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय त्रुटिपूर्ण रहेको बताएका छन् ।
आफूले कम्पनी सम्हालेपछि प्रतिबन्ध सच्याउने भन्दै उनले केहि दिन अघि एउटा सार्वजनिक कार्यक्रममा ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध फुकुवा गर्ने बताएका थिए । ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत भएको र यो मूर्खतापूर्ण निर्णय भएको पनि उनले बताएका छन् ।
उनले ट्वीटरको कानूनी टोलीले स्वचालित प्रयोगकर्ताहरूमा सोशल मिडिया प्लेटफर्मको जाँचको लागि नमूना आकार १०० रहेको खुलासा गरेर गैर-प्रकटीकरण सम्झौताको उल्लंघन गरेको आरोप लगाएको बताएका छन्।
शनिवार एक सोशल मिडिया प्लेटफर्ममा मस्कले भनेका छन्, ‘ट्विटर कानूनीपक्षबाट भर्खरै गुनासो गर्न बोलाइएको थियो जसमा मैले बोट चेक नमूना आकार १०० छ भनेर खुलासा गरेर उनीहरूको एनडिए उल्लंघन गरेको बताएँ।’
ट्विटरले हालै टेस्लाका सीईओ मस्कले ४४ बिलियन अमेरिकी डलरको सम्झौतामा अधिग्रहण गर्न सहमत दिएको छ । यद्यपि यो अझै पनि शेयरधारकहरूको स्वीकृतिको अधीनमा छ। तर मस्कले माइक्रो ब्लगिङ साइटको ४४ अर्ब अमेरिकी डलरको टेकओभर बोली रोकिएको घोषणा गरेका छन् ।
मस्कले ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती भएको र यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने त्यस निर्णयलाई उल्टाउने बताइरहेका छन्।
अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । एजेन्सी