दक्षिणपन्थी नेतृ जियोर्जिया मेलोनीले इटालीको आम निर्वाचनमा जित हासिल गर्दै देशको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक पुगेकी छन् । दोस्रो विश्वयुद्धपछि मेलोनीले इटालीमा सबैभन्दा दक्षिणपन्थी सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।उनको उदयले युरोपमा हलचल मच्चिएको छ, किनभने इटाली युरोपियन युनियनको तेस्रो ठूलो अर्थतन्त्र हो । यद्यपि मतदानपछि मेलोनीले उनको बदर्स अफ इटाली पार्टीले ‘सबैका लागि सरकार’ बनाउने बताउँदै जनताको विश्वासलाई धोका नदिने प्रतिबद्धता जनाएकी थिइन् । ‘इटालीको जनताले बदर