प्रकाशन भएपछि यी ४ तरिकाबाट हेर्न सकिन्छ नेष्डो समृद्ध लघुवित्तको आईपिओ नतिजा

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो  जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको हो ।आईपिओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई  २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन्  । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् ।  आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिन्छ ।  जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट

वैशाख ६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३ हजार ११ दशमलव ४० पुगेको छ । धितोपत्रको दोस्रो बजारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यसैगरी प्रि-  स्पेशल सेसनमा मंगलवारदेखि कारोबारमा भएको ग्रीन भेन्चर्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । प्रि - स्पेशल सेसनमा कम्पनीको शेयर  प्रतिकित्ता रू.२७१ दशमलव १० मा पहिलो कारोबार भएकोमा बढेर  रू.२९८ दशमलव २० पुगेको छ ।

नेष्डो लघुवित्तको आइपीओ बाँडफाँट, साढे २४ लाख आवेदकको हात खाली

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) ७७ हजार ५५६ जनाले पाएका छन् । कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये उनीहरूले १० कित्ताका दरले आइपीओ पाएका हुन् ।यस्तै, तीमध्ये ३ जना लगानीकर्ताले चिठ्ठामार्फत थप १ कित्ता अर्थात ११ कित्ताका दरले आइपीओ पाएको कम्पनीले जानकारी दिएको छ । उनीहरूले गोला प्रथामार्फत थप १ कित्ता सेयर पाएका हुन् । कम्पनीले आज (मंगलबार) आइपीओ बाँडफाँट गरेको हो ।सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओमा २५ लाख २७ हजार १०१

नेष्डो समृद्ध लघुवित्तकाे आइपीओ नतिजा सार्वजनिक

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसको नतिजा साइटमा आउन केही समय लाग्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ तीन साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, र सिडीएसको नयाँ […]

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २६ लाखले दिए आवेदन

१६ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको […]

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने गरेको हो । कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच […]

आईपीओ जारी गर्दै नेष्डो लघुवित्त, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि फागुन ११ देखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (२५ करोड ५० लाख )को ०‍.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी ...

नेष्डो समृद्ध लघुवित्तद्वारा राष्ट्र बैंकको नियम उल्लङ्घन

९ भदौ, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको यो निर्देशनलाई नेष्डो समृद्ध लघुवित्तले खुलेआम […]

नेष्डो लघुवित्तको आइपिओको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]

नेष्डो समृद्धले आइपिओ जारी गर्ने, बिक्रि प्रबन्धक ग्लोबल आइएमई

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ ।  सोको लागि कम्पनीले  ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ ।  नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेष्डो समृद्धको केन्द्रीय कार्या