ललितपुर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि रहेका श्रेष्ठ खुलातर्फ पराजित भएका हुन् । उनले १ सय ८३ मत ल्याए । २०१२ सालमै कांग्रेसको क्रियाशील सदस्यता लिएका श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको केन्द्रीय समितिका सदस्यसमेत हुन् […]