सुर्खेत : कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउने भएको छ।दलहरूको आग्रहपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २५ गते भित्रै अधिवेशन बोलाउने बताएका हुन्। सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले थाहाखबरलाई जानकारी दिए।सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। प्रतिपक्षी दल