तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ।
मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अंगाल्दै आएका डोम बासी खुशी भएका हुन्।