घोडा धपाउँदै उक्लिए मुगाली भोटे

जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए । उत्तरी छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिकाका पाँच वटा बस्ती मुगुगाउँ, डोल्फुगाउँ, चितैगाउँ, किम्रीगाउँ र कार्तिगाउँका समुदाय कात्तिक महिनादेखि चिसो बढ्न थालेपछि बेँसी झर्ने गर्छन् । स्थानीय तोर्चे लामाका अनुसार चिसो छल्न बेँसी झरेकाहरू अब गाउँ फर्कन लागेका छन् । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने घोडा र भेडाबाख्रा पाल्दै आएका भोटे समुदाय हिउँदका केही महिना हिमाली क्षेत्रमा हिउँ जम्ने र घोडा, भेडाबाख्रालाई खुवाउन

सम्बन्धित सामग्री

सोनाम ल्होसारको अवसरमा बिहीवार सार्वजिक बिदा

फागुन १८, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बिहीवार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिदा दिने निर्णय गरेको बताएको छ ।  सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, वालुङ, ह्योल्मो, तामाङ, मनाङ्गे, मुस्ताङ्गे, ल्होमी, न्हुब्रीबा, ताङ्बे, नेस्याङ, डोल्पो , तोप्ग्ये, डोक्पेया, कर्मारोङ, मुगुम्बा, भोटे, चुम्बा, नार्फुबा, निम्बा, ल्होवा, बाह्रगाउले, क्यिरोङ, गुरुङ, थुदुम्बा जातीको साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको१२ औं महीनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पनि प्रकाशित पात्रो भने छैन ।  औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष १२ ओटा भएको विश्वास गर्छन् । १२ वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ ।  जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी १२ ओटा वर्गलाई यो समुदायले १२ राशिको रूपमा पनि लिने गरेको पाइन्छ । १२  वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गणना गनिन्छ ।

कोरोनाको कहरमा पनि रोकिएन भेडाबाख्रा औल झार्न

बाजुराको पूर्वीउत्तर क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायहरु यती बेलाको कोरोनाको कहरसँगै भेडाबाख्रा लिएर औल तिर झर्न थालेका छन् । हिउँद लागेपछि माथिल्लो क्षेत्रमा अत्यधिक चिसो बढ्ने र हिउँ परेपछि भेडाबाख्रालाई चरन टिपन गर्न निकै कठिन हुने भएकोले उनीहरु कोरोनाको कहर सँगै भेडाबाख्रा सँगै बालबालिका लिएर औल तिर झर्ने गरेका हुन् । औलमा तातो हुने हुँदा भेडाबाख्रा,चौरी,गाई घोडा पाल्न धेरै सहज हुन्छ, त्यसैले हिउँदका दुइ चार महिना औल तिर झर्न थालेको बूढीनन्दा नगरपालिका स्थानीय दल रोकायाले बताउनुभयो ।

२० वर्षपछि ‘भोटे मेला’

२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो ।