काठमाडौं । सुनसरी १ मा जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले-जसपा गठबन्धनका उम्मेदवार राईले अग्रता लिएका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुरूवातदेखि नै लिड गरेकी थिइन् । राईले १३ हजार ८०१ मत ल्याएर लिड गर्दा गोमाको १३ हजार ७९७ मत छ । राई ४ मतले मात्र […]
वीरगञ्ज- आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि पर्साको क्षेत्र नम्बर ४ मा दुई गठबन्धनबीच कडा टक्कर हुने भएको छ। सतारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)काे गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने भएको हो। सतारूढ गठबन्धनको तर्फबाट कांग्रेसका रमेश रिजाल उम्मेदवार छन्। उनको विरुद्धमा एमाले-जसपा गठबन्धनका […]
३ जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा चार दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मत गणनामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीका उम्मेदवारबीच कडा टक्कर भइरहेको हो ।
मंगलबार दिउँसो १ …
वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार नेपाली कांग्रेसका उमेदवारभन्दा ८० मतान्तरले पछाडि परेका छन् ।
वडा नम्बर–१ देखि ४ सम्मका आठ हजार ७७६ मत गन्दा कांग्रेसका उमेदवार अजय पटेल जसपाका वशिष्ट गुप्ताभन्दा ८० मतान्तरले अगाडि छन् । पटेलले तीन हजार ८० मत ल्याएका छन् । गुप्ताले...
बाबुराम भट्टराईको गृहपालिका पालुङटारको मेयर पदका लागि जसपा र माओवादी केन्द्रबीच कडा टक्कर देखिएको छ । दुई पार्टीबीच मात्र १६ मतको अन्तर रहेको छ ।बिहान ९ बजेको अपडेट अनुसार जसपाका प्रेम गुरुङले २६९२ मत ल्याउँदा माओवादी केन्द्रका विवस चिन्तनले २६७६ मत ल्याएका छन् । नेपाली काँग्रेसका दीपक कँडेलले २४८८ मत ल्याएका छन् । अब वडा नम्बर ४, ५, ६, ७ र ८ का मत गन्न बाँकी रहेको छ ।