अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा