मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बलेरोले लापरवाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो । टाइगरका धेरै सुबानी अतीत छन् । मन भक्कानिन्छ टाइगर र उसको सुबानी स्वभावलाई सम्झँदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका […]