सदनमा प्रश्न– खेलाडीलाई घोषित पुरस्कार किन नदिएको ?

काठमाडौं। सरकारले क्रिकेट खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको तर नदिएको विषयमा संसद्मा प्रश्न उठेको छ । नेपालको राष्ट्रिय टोलीले भारतसँग श्रीलंकामा एशियन कप खेल्दै गर्दा खेलाडीले यसअघि घोषित पुरस्कार नपाएको विषयले सदन तताएको हो । सोमवार प्रतिनिधिसभा बैठकमा क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार तत्काल दिन सांसदहरूले माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । ‘नेपालले भारतसँग एशियन कप खेल्दै छ । हामी बधाई दिँदै छौं । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु शुभकामना लेख्दै गर्दा हातहरूमा डर लाग्छ कि, भिडियो कन्फ्रेन्समा बधाई दिँदै गर्दा तपाईंको अनुहार कस्तो हुन्छ ?’ सांसद शाहीले सोधे । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिरिजका बेला ३ लाख, नेपाल, यूएई र पीएनजीसँग यूएईमा खेल्दा ३ लाख, नेपाल, यूएई र पीएनजीसँगको सिरिज जित्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी प्रिमियर कप जित्दा ६ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको थियो ।  ‘भारतीय कप्तान रोहित शर्माले १ वर्षमा २७ करोड कमाउँदा नेपाली कप्तान रोहितको ७ लाख २० हजारभन्दा बढी छैन । क्रिकेट खेलाडीलाई दिने भनेको पैसा किन रोकिएको हो ? यो पैसा छिटोभन्दा छिटो दिइओस् । होइन भने खोक्रो राष्ट्रवाद नदेखाइओस्,’ सांसद शाहीले भने । उनले घोषित पैसा दिन कसले रोक्यो भन्दै आक्रोश पनि पोखे । भोको पेटले राष्ट्रवादलाई कसरी कहाँसम्म धान्ने भन्दै प्रश्नसमेत गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम १ हप्ताभित्र दिन सरकारसँग माग गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै कसको कारणले दिने भनिएको पैसा रोकिएको हो भन्दै उनले सरकारमाथि प्रश्न गरे । उनले आक्रोशका साथ भने, ‘यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने, प्रदेशका मुख्यमन्त्री काठमाडौं आएको बेला सुत्नको लागि बनाएको महल हेरौं त, दरबार हेरौं त ।’ क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाई पनि लाज लाग्ने उनले टिप्पणी गरे ।  सोमवारकै प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव गरिएकोमा सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सभामुखले देवराज घिमिरेले विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् । हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे ।  यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपूरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन । अब यो विधेयकमाथि सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार वितरण

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी ट्वान्टी–२० विश्वकपका लागि वेस्ट इन्डिजमा छ । सोमबार बिहान बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दैछ । दक्षिण अफ्रिकाविरुद्ध शुक्रबार सनसनीपूर्ण प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो । यता विश्वकप छनोट हुँदा नेपाल सरकारबाट घोषित पुरस्कार रकम भने आइतबार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो ।

यू-१९ क्रिकेट खेलाडीलाई सरकारले दियो एक वर्षअघिको पुरस्कार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले घोषणा गरेको एक वर्षपछि नेपाली क्रिकेट टोलीका युवा खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले यसअघि घोषित पुरस्कार आइतबार खेलाडीलाई गरेका हुन् । गत फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एसिया […]

गण्डकी क्रिकेटरले घोषित पुरस्कार पाएनन्

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गण्डकी प्रदेश सरकारको घोषणा एक वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन । खेलाडीहरूले सम्मानस्वरुप पाउने आर्थिक सहयोग सहयोग नपाएको गुनासो गरेका छन् । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री रहँदा तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले उपाधि विजेता गण्डकी प्रदेशका खेलाडीलाई सम्मानसहित जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

खेलाडीले पाएनन् कर्णाली सरकारबाट घोषित पुरस्कार

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वर्ष पुस १८ गते विभिन्न प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रदेश खेलकुद परिषद्को बैठकले खेलाडीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने सिफारिस गरेको थियो । पूर्वमुख्यमन्त्री तथा तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाही नेतृत्वको क्याविनेटको अन्तिम बैठकले खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । पोखरामा भएको […]

नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ: मन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन्। नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे ।मन्त्री कार्कीले नेपाल टेलिभिजन सधैँ पहिलो रोजाइको टिभीका रुपमा स्थापित हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्

उधारोमा साफ खेल्दै फुटबल खेलाडी!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ । कतारमा दुई साता लामो प्रशिक्षण क्याम्पपछि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । तर साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीका खेलाडीले प्रशिक्षण भत्ता र घोषित पुरस्कार नपाएको लामो समय भएको छ । नेपाली टोली पछिल्लो समय एक वर्षयता निरन्तर बन्द […]

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ […]