काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो ।
राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्...