नेपाल र भारतबीचको रेलसेवा सम्झौतामा संशोधन भएकामा निजी क्षेत्रले स्वागत गरेको छ । शुक्रबार दुवै देशका सरकारका तर्फबाट संशोधनसहित हस्ताक्षर भएकामा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको हो ।
संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । “यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घको छ,” महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउनुका साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महŒवपूर्ण भूमिका खेल्नेछ । ”
संशोधित सम्झौताअनुसार कार्गो ढुवानीका लागि नेपाली रेल भारतीय भूमिमा समेत सञ्चालन हुन पाउनेछन् ।