भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ गैरकानुनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतको कारोबार गैरकानुनी भएको बताएको छ । नेपालमा विदेशी मुद्रा वा विनिमयको रूपमा यसले मान्यता नपाएकाले यस किसिमको कारोबार गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै...

सम्बन्धित सामग्री

राष्ट्र बैंकले भन्यो- ‘गैरकानुनी क्रिप्टोकरेन्सी दण्डनीय छ’

नेपाल राष्ट्र बैंकले फेरि एक सूचना प्रकाशित गर्दै गैरकानुनी क्रिप्टो करेन्सी, पिरामिड नेटवर्किङ तथा हाइपर फन्ड जस्ता कारोबार नगर्न सम्पूर्णमा आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी जस्ता कुनैपनि भर्चुअल मुद्राहरू नेपालमा प्रतिबन्ध रहेको र यस्तो कारोबार गैरकानुनी हुनुका साथसाथै जोखिमपूर्ण रहेको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको हो । भर्चुअल करेन्सी, पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रिया

क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्क बिजनेशमा संलग्न हुनेलाई के हुन्छ कारवाही ?

नेपाल प्रहरीले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्क बिजनेशमा संलग्न नहुन आग्रह गरेको छ । प्रहरीको केन्द्रिय स्नुसंधन ब्युरोले त्यस्ता  गैर कानूनी कृयाकलापमा नहुन र त्यस्ता गैर कानूनी कृयाकलापमा संलगन  व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए  सूचना उपलब्ध गराई सहयोग गरि दिन अनुरोध गरेको हो।ब्युरोले नेपाल राष्ट्र बैंक ऐन,२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकवाट २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा Virtual Currency/Cryptocurrency अन्तर्गतको कारोवार व्यवसाय तथा Digital Networking Business गैर कानूनी रहेको सम्बन्धी जारी भएको सूचना स्मरण गराएको छ ।ब्युरोले भनेको छ 'सो सम्बन्धमा, क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोवार नेपालमा प्रतिबन्धित भई यस कार्यालयवाट समेत निग्रानी भईरहेको र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोवार नगर्न नगराउन हुन एवं यससँग सम्बन्धित कुनैपनि कृयाकलापमा संलग्न भए गरेको पाईए कडाईका साथ कानूनी कारवाहीको प्रकृया अगाडी बढने व्यहोरा समेत सबैमा सूचित गरिएको छ।'के हुन्छ कारवाही ?विद्यमान कानूनी व्यवस्था (नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६, दण्ड सजाय): कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसंग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।यो पनि : राष्ट्र बैंकले आवद्द नहुन आग्रह गरेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ के हो, किन छ जोखिम ?

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ कारोबार नगर्न आग्रह

यही माघ ९ गते नेपाल राष्ट्र बैंकले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको जनाइएको छ ।

क्रिप्टोकरेन्सी र नेटवर्किङ कारोबार गरे कारबाही : बैंकर्स संघ

क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी तथा नेटवर्किङ मार्केटिङ कारोबार नगर्न, नगराउन बैंकर्स संघले आग्रह गरेको छ । बुधबार एक सूचना जारी गरेर संघले नेपालभित्र बस्ने नेपाली र विदेशीले मात्र नभई विदेशमा बस्ने नेपालीले पनि त्यस्तो कारोबार गर्न नहुने स्पष्ट पारेको छ । गत आइतबार राष्ट्र बैंकले जारी गरेको सूचनाका आधारमा संघले बुधबार उक्त सूचना निकालेको हो ।

क्रिप्टोकरेन्सी तथा पिरामिड नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधान

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं, माघ ९ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्ता क्रियाकलापमा नलाग्न सचेत गरेको हो । पछिल्लो समय कतिपय व्यक्तिले नेपालभित्र गैरकानुनी रहेका यस्ता व्यवसाय तथा कारोबारमा आबद्ध हुन प्रोत्साहन गरेको पाइएको भन्दै राष्ट्र बैंकले सूचना जारी […]