इजलास बहिस्कार गरेका न्यायाधीशहरूको बैठकमा बन्दीप्रत्यक्षीकरण मुद्दा सुनुवाइ गर्ने सम्बन्धी छलफल

सर्वोच्च अदालतमा इजलास बहिस्कार गरेर छलफलमा जुटेका न्यायाधीशहरूको बैठकमा बन्दीप्रत्यक्षीकरण र थुनुवासम्बन्धी मुद्दाको सुनुवाइ गर्ने विषयले प्रवेश पाएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर पाँच दिनदेखि सर्वोच्चका न्यायाधीशहरूले कुनै पनि मुद्दाको सुनुवाइ गरेका छैनन् ।  न्यायाधीशहरूको बैठकमा बिदामा रहेका दुई जना न्यायाधीशहरू अनिल सिन्हा र सपना प्रधान मल्ल आइतवार आइपुग्ने र उनीहरूसमेतको सहभागितामा थप निर्णय गर्ने सहमति बनेको एक न्यायाधीशले लोकान्तरलाई बताए । प्रधानन्यायाधीशको राजीनामा मागि...

सम्बन्धित सामग्री

सर्वोच्चका न्यायाधीशहरु ४० दिनपछि आन्दोलन छाडेर काममा फर्किए

काठमाडौँ – सर्वोच्च अदालतमा ४० दिनपछि मुद्दाको नियमित सुनुवाइ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरेको ४०औँ दिनमा उनीहरु नियमित काममा फर्किएका हुन्। बुधबारदेखि गोलाप्रथाबाट दैनिक पेशी तोकिए पनि न्यायाधीशहरुले बिहीबारसम्म इजलासमा फर्किएका थिएनन्। शुक्रबार गोलाप्रथाबाट १० वटा इजलास तोकिएको थियो। सबै इजलासमा मुद्दा सुनुवाइ भएको सर्वोच्च प्रशासनले जनाएको छ। […]

प्रधानन्यायाधीश राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अस्वीकार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्। केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो। न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका छन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ […]