आगामी पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुन्छौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन् । बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको दाबी समेत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्...

सम्बन्धित सामग्री

कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरण अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएकी हुन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको भन्दै मन्त्री अर्यालले कृषिप्रधान देशमा यो निकै कम रहेको बताइन् । यसलाई बढाउँदै लैजाने योजना मन्त्रालयको रहेको जानकारी उनले दिइन् । परम्परागत कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न विशेष जोड दिनुपर्ने उनले बताइन् । कृषिको यान्त्रिकीकरणका लागि नीति बनिसकेकाले सोही नीति अनुसार काम अघि बढ्ने कृषि मन्त्रालयले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाटै कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरूप हाल ७१ ओटा जोन र सुपर जोन घोषणा भएका छन् । साथै कृषि उत्पादन बढाउन बल्क र पकेट क्षेत्र कार्यक्रम समेत विस्तार गर्ने मन्त्रालयको योजना छ । कृषि उत्पादनको बजारीकरणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा स्थानीय हाटबजारको निर्माण, एक पालिका : एक कोल्ड स्टोर, एक पालिका : एक नर्सरी निर्माण लगायत योजना अगाडि सारेको छ । साथै मन्त्रालयले इजरायलबाट नेपालमा उच्चस्तरका कृषि प्रविधि भिœयाउन दुई देशबीच समन्वय गर्दै अघि बढ्ने योजना समेत आगामी वर्षका लागि तयार गरेको छ । कार्यक्रममा नार्कका वैज्ञानिक श्रीमत श्रेष्ठले सबै किसानले यन्त्र÷उपकरण किन्न नसक्ने भएकाले त्यसका लागि सरकारले भाडामा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।