भारतकाे बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। यिनीहरू घरभित्र लुकेर उपचार गराउँदै आएका थिए। […]