मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको उम्मेदवारी, महिला उपेक्षामा

काठमाण्डाै - देशभरका सात सय ५३ पालिकामा हुने चुनावका लागि मेयर र अध्यक्षमा  ६ हजार ३ सय ३० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये मेयर र अध्यक्षमा तीन सय ८४ जना महिलाको उम्मेदवारी परेको छ । दुई सय ९३ नगरपालिकामा मेयरका लागि दुई सय २९ जना र चार सय ६० गाउँपालिकामा अध्यक्षका लागि एक सय ५५ जना महिला उम्मेदवार रहेका निर्वाचन आयोगको तथ्याङ्क छ । मेयरमा पुरुषको सङ्ख्या तीन हजार ९ रहेको छ भने अध्यक्षमा दुई हजार ९ सय ३७ रहेको छ । उम्मेदवार छनोट गर्दा दलहरुको प्राथमिकतामा पुरुष परेका छन् । महिलालाई उपेक्षा गरिएक...

सम्बन्धित सामग्री

बागमती अध्यक्षमा दोहोरिए माओवादीका घलान

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान दोस्रो कार्यकालका लागि विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् । उनीहरुबीचक मतान्तर १ हजार २१८ मत हो । उपाध्यक्ष पदमा […]

काभ्रेको तेमाल पालिकामा कांग्रेस–माओवादी विजयी

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकामा गठबन्दन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोकर (डिएम) विजय भएका हुन्।अध्यक्ष लामाले ७ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र बहादुर तामाङले ५ हजार ९०० मत पाएका छन्। लामाले १ हजार १७८ मत अन्तरले एमालेका तामाङलाई पराजित गरेका हुन्।त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका थोकर ६ हजार ६६

७५३ तहमा कांग्रेसका ३० हजार बढी उम्मेदवार, प्रचारमा ‘थोरै सभा, धेरै घरदैलो’

काठमाडौं : नेपाली कांग्रेसबाट वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ स्थानीय तहका ३० हजार ६२८ उम्मेदवारी परेको छ। गठबन्धनसँग तालमेल गरी चुनावमा जान लागेको कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा…

निर्वाचन आयोगले स्वतन्त्र उमेदवारहरुलाई दियो चुनाव चिन्ह, बालेन शाहले पाए लौरो

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उमेदवारी  दिएका उमेदवारहरुलाई शनिवार चुनाव चिन्ह प्रदान गरेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेललेलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।  उता भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने चुनाव चिन्ह भुइँकटहर पाएका छन् । त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । यसैगरी विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्।    शनिवार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।        यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।        मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।             यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।        यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।             यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।             ७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।

सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता

सर्लाही । सर्लाहीमा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि ६ हजार १ सय १ जनाको उम्मेदवारी परेको छ । सर्लाहीको २० वटै पालिका गरी नगर प्रमुख तथा अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा उपाध्यक्षमा १ सय ७२ जनाकाे उम्मेद्वारी परेकाे छ । वडा अध्यक्षमा १४ सय ८४ जना, सदस्यमा २ हजार ९० […] The post सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

झण्डै ४८ हजार जनाको उम्मेदवारी दर्ता, आयोगले विवरण तयार गर्दै

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ४८ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका ५ बजेसम्म प्राप्त भएको विवरणअनुसार ४७ हजार ६ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।  मेयर पदमा एक हजार ६ सय २३ जना, उपमेयरमा नौ सय ९२, गाउँपालिका अध्यक्षमा एक हजार ६ सय ६ जना र उपाध्यक्ष पदमा एक हजार ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।  यस्तै १२ हजार एक सय ५१ जनाले वडाध्यक्ष, सात हजार पाँच सय ९९ जनाले महिला सदस्य, ६ हजार ६ सय ३७ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि १६ ह...