मेगा क्यापिटलले लगानीकर्तालाई प्रमोटर सेयर किनबेच गर्न सहजीकरण गरिदिने

मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो। यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन, इमेल , वा मेगा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ। धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको उल्लेख गरेको छ । यसले ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास क्यापिटलको छ। 

सम्बन्धित सामग्री

मेगा क्यापिटलको सहजीकरण सेवा

काठमाडौं (अस) । मेगा क्यापिटल मार्केट्सले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक  सेयर खरिद(बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ । यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसेर कम्पनीको फोन, इमेल वा मेगा क्यापिटल मार्केट्सको  फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन् । धेरै लगानीकर्ता संस्थापक सेयर साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थ र असहज हुँदा शेयर सम्पत्ति बन्धक भएका एवं आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न झन्झट हुने गरेको छ । बिक्रेता र लगानी अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवा उपलब्ध गराउन कम्पनीले सेयर बजारमा नयाँ सेवा सुरु गरेको हो । यसले ग्राहक तथा प्रमोटर सेयर खरिद(बिक्री गर्न इच्छुक लगानीकर्तालाई राहत मिल्ने विश्वास कम्पनीको छ ।