काठमाडौं (अस) । मेगा क्यापिटल मार्केट्सले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयर खरिद(बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसेर कम्पनीको फोन, इमेल वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन् ।
धेरै लगानीकर्ता संस्थापक सेयर साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थ र असहज हुँदा शेयर सम्पत्ति बन्धक भएका एवं आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न झन्झट हुने गरेको छ ।
बिक्रेता र लगानी अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवा उपलब्ध गराउन कम्पनीले सेयर बजारमा नयाँ सेवा सुरु गरेको हो । यसले ग्राहक तथा प्रमोटर सेयर खरिद(बिक्री गर्न इच्छुक लगानीकर्तालाई राहत मिल्ने विश्वास कम्पनीको छ ।