स्थानीय सरकार : अधिकार कि पर्खाल ?

नयाँ संविधानको व्यवस्थाअनुसार प्रदेश २ मा बाहेक अन्यत्र सबै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वाचित सरकारले कामसमेत थालिसकेका छन् ।

सम्बन्धित सामग्री

दरबार परिसरमा संरचना बनाउन सुरु

तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार परिसरमा पुरानै स्वरूपमा संरचना बनाउन सुरु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको हो । तानसेन मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा डेढ महिनादेखि पर्खाल बनाउने काम भइरहेको छ । १९११ सालमा दरबारको सुरक्षाका लागि परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारको लगानीमा बनाउन थालिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

निषेधाज्ञाले छेकेन विकास

पर्वत । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला पर्वतमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ । यसैगरी मोदी खोलामा निर्माणाधीन तीनओटा जलविद्युत् आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको काम सुचारु छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नियमित रूपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ । जिल्लामा संघ र प्रदेश सरकारमार्फत ग्रामीण सडकमा कालोपत्र गर्ने कार्य पनि भइरहेका छन् । मध्य पहाडी लोक मार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले असारसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिए । ‘असारसम्म सडक निर्माण सक्ने अन्तिम म्याद दिएका छौं,’ मरासिनीले भने, ‘तोकिएको अवधिभित्र काम सम्पन्न गर्न ताकेता गरिरहेका छौं ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कामदार खटिएको उनले बताए । पहिलो लहरको कोरोनाकालमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरमा भने मजदूर कार्यस्थलमै छन् । मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले अहिले सुरुङको फिनिसिङ, पावर हाउसको पर्खाल उकास्ने लगायत कामहरू भइरहेको जानकारी दिए । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्या देखिएको आचार्यले बताए । ‘आन्तरिक रूपमा निर्माण गर्दा खासै समस्या छैन, निर्माण सामग्री ढुवानीमा भने अलि अप्ठ्यारो भएको छ,’ उनले भने । मौज्दात रहेको सामग्रीले काम अघि बढाइएको उनको भनाइ छ । पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणमा पनि कोरोनाले खासै प्रभाव नपारेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । पूर्वाधार कार्यालयमार्फत पर्वतमा १४ ओटा सडकको कालोपत्र र स्तरोन्नति हुँदै छ । ‘गतवर्ष कोरोनाका कारण गाउँ पस्नै समस्या थियो,’ आचार्यले भने, ‘यो वर्ष त्यस्तो समस्या नभएकाले काममा खासै समस्या भएको छैन ।’ जिल्लामा संघ, प्रदेश र स्थानीय सरकार मार्फत सिँचाइ, खानेपानी, विद्युत् लाइन, ढल निकास, सडक विस्तार, औद्योगिक क्षेत्र स्थापना लगायत काम भइरहेका छन् । गतवर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष शुरू गरेका छन् । गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन् । तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ ।